असोज १०, काठमाडौ । व्यवसायी तथा ‘व्यवसायी र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँले जेन–जी आन्दोलनपछि प्रधान सेनापति अशोकराज सिग्देलले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको सनसनीपूर्ण दाबी गरेका छन्।
प्रसाईँका अनुसार आन्दोलनको उथलपुथल राजनीतिक अवस्थामा सेनापतिबाट यस्तो प्रस्ताव आए पनि उनले अस्वीकार गरेका थिए। उनले अहिलेको राजनीतिक संकटको अन्तिम अस्त्र आफू नै भएको दाबी गर्दै जनताको मुद्दा समाधान गर्ने जिम्मेवारी लिन तयार रहेको बताए।
भुइँमान्छेका मुद्दा उठाउँदै आएका प्रसाईँले राजसंस्थासहितको हिन्दु राष्ट्र, गरिबको ऋण मिनाहा गर्ने, जनतासँगै बस्ने जस्ता एजेन्डा निरन्तर अघि सार्दै आएका छन्।उनको यो दाबीले राजनीतिक वृत्तमा थप हलचल पैदा गरेको छ भने यसबारे आधिकारिक पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन।















