मन्त्री कुलमान घिसिङले दिए राजीनामा

पुस २३, काठमाडौ ।  ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आज बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने चर्चासँगै बढेको आलोचनाबीच उनले मन्त्री पदबाट अलग हुने निर्णय लिएका हुन्।
पार्टीगत राजनीतिमा सक्रिय भइसकेपछि कार्यकारी पदमा बसिरहनु उपयुक्त नहुने भन्दै घिसिङले नैतिकताको आधारमा राजीनामा दिएको बुझिएको छ। पछिल्लो समय मन्त्री पद र दलगत भूमिकालाई लिएर उठेका प्रश्न तथा सार्वजनिक आलोचनालाई मध्यनजर गर्दै उनले यो कदम चालेको स्रोतहरूको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more