अत्यधिक जाडोका कारण सहिदनगर नगरपालिकामा चार दिन विद्यालय बन्द

पुस २३, धनुषा। तराईका जिल्लाहरूमा पछिल्लो केही दिनदेखि बाक्लो हुस्सु र चिसो बढेपछि बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै धनुषा को सहिदनगर नगरपालिकाले विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले मिति २०८२/०९/२३ गते गरेको निर्णयअनुसार मिति २०८२/०९/२४ गतेदेखि २०८२/०९/२७ गतेसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू बन्द रहनेछन्।

नगरपालिकाका अनुसार मिति २०८२/०९/२८ गते सोमबारदेखि विद्यालयहरू पूर्ववत् समयमै सञ्चालन हुनेछन्। अत्यधिक जाडो र हुस्सुका कारण बालबालिकामा रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप बिदा दिनुपरेको नगरपालिकाले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more