मधेश सरकारमा मन्त्रिमण्डल विस्तार, मनिस सुमन लगायत ६ मन्त्रीले पाए जिम्मेवारी

पुस १६, जनकपुरधाम। मधेश प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तार गरिएको छ। विस्तारसँगै विभिन्न मन्त्रालयको जिम्मेवारी छ जना मन्त्रीलाई तोकिएको छ।
सरकारका अनुसार मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी राज कुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गर्नेछन्। शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यस्तै, श्याम प्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने भएका छन् भने वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ। फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
मन्त्रिमण्डल विस्तारसँगै मधेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने र प्रदेशका विकास तथा सेवा प्रवाहलाई गति दिने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more

    देवानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको मृत्युपछि पीडित परिवार आक्रोशित, शव नबुझ्ने घोषणा

    Read more