भारतीय प्रधानमन्त्री मोदीले रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई दिए

२५ फागुन , काठमाडौ । नरेन्द्र मोदी ले रवि लामिछाने र बालेन्द्र शाह सँग टेलिफोन वार्ता गर्दै हालै सम्पन्न निर्वाचनमा विजय हासिल गरेकोमा बधाई दिएका छन्।
मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछाने तथा पार्टीका वरिष्ठ नेता शाहसँग भएको टेलिफोन संवादमा पार्टीको निर्वाचन सफलताप्रति खुशी व्यक्त गरेका हुन्।
उनले लामिछाने र शाहलाई व्यक्तिगत रूपमा बधाई दिँदै आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्। साथै भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, विकास र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश दिएका छन्।
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै दुवै देशले संयुक्त प्रयासमार्फत द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।
भारत–नेपाल सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आर्थिक रूपमा घनिष्ठ रहेको उल्लेख गर्दै उनले आगामी दिनमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more