चुनावी हारपछि कांग्रेस सभापति गगन थापाले राजीनामा दिने घोषणा

२५ फागुन, काठमाडौ ।  प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेपछि गगन थापा ले पार्टी सभापति पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
काठमाडौंको बानेश्वर मा उपसभापति विश्वप्रकाश शर्मा सँग भएको छलफलका क्रममा थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै पद त्याग्ने निर्णय सुनाएको स्रोतले जनाएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस का शीर्ष पदाधिकारी नै पराजित भएपछि पार्टीको सिट संख्या घटेर १८ मा सीमित भएको छ। कमजोर प्रदर्शनपछि पार्टीभित्र पनि नेतृत्वमाथि प्रश्न उठिरहेका बेला थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने तयारी गरेका हुन्।
यद्यपि उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन आग्रह गर्दै उनलाई निर्णय पुनर्विचार गर्न मनाउन प्रयास गरिरहेका बताइएको छ।
चुनावी हारपछि जिम्मेवारी स्वीकार गर्दै पद त्याग्ने संकेत गरेपछि थापाको कदमलाई कतिपयले उच्च नैतिकता र राजनीतिक संस्कारको उदाहरणका रूपमा प्रशंसा समेत गरेका छन्।
पार्टीभित्र भने अब नेतृत्व परिवर्तन, समिक्षा बैठक र आगामी रणनीतिबारे छलफल तीव्र हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more