२५ फागुन , जनकपुरधाम। मातृकाप्रसाद यादव ले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेका छन्।
सोमबार निर्वाचन अधिकृतको कार्यालयले नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
यस क्षेत्रमा किशोरी साह (राष्ट्रिय स्वतन्त्र पार्टी) को उम्मेदवारी खारेज भएपछि मतगणनाको विषयलाई लिएर विवाद भएको थियो। विवादपछि निर्वाचन आयोग नेपाल ले सोमबार नै मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो।
प्रमाणपत्र प्राप्त गरेपछि यादवले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै व्यापक जनदबाबपछि आफूलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको उल्लेख गरेका छन्।
सार्वजनिक मतपरिणाम अनुसार यादवले १० हजार ४३० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रमपल्टन शाह (नेपाली कांग्रेस) ले ९ हजार ५०२ मत पाएका छन् भने रामचन्द्र मण्डल (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले ९ हजार ३१५ मत प्राप्त गरेका छन्।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 24 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 34 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















