बजाज सोरुम जलेश्वरद्वारा ट्राफिक प्रहरी कार्यालयलाई सामग्री सहयोग

असोज ४, महोत्तरी ।  बजाज सोरुम जलेश्वरका प्रो. सन्तोष कुमार साहले ट्राफिक प्रहरी कार्यालय जलेश्वरलाई विभिन्न सर–सामान सहयोग गरेका छन्। मिति २०८२ साल असोज ४ गते हस्तान्तरण गरिएको उक्त सहयोगको जानकारी जिल्ला ट्राफिक कार्यालय महोत्तरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो।

सहयोग स्वरूप ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराइएका सामग्रीमा निम्न वस्तुहरू रहेका छन्:
१. डस्ना – ५ थान
२. तकिया – ४ पिस
३. तन्ना – ५ पिस
४. कुर्सी – ४ पिस
५. झुल – ४ पिस
६. पंखा – ३ पिस
७. प्लास्टिकको टेबल – १ पिस
८. डिस्पेन्सर – १ थान
९. अन्य स्टेसनरी सामग्रीहरू

जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार यस सहयोगले कार्यालय सञ्चालन र प्रहरी कर्मचारीहरूको सुविधा बढाउन सहयोग पुग्नेछ।

यसअघि हालै सम्पन्न जेन–जि आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा सरकारी संरचनामा तोडफोड, कार्यालय सामग्रीमा क्षति तथा सार्वजनिक सम्पत्तिमा हानि भएको थियो। सो आन्दोलनपछि सुरक्षा निकाय र प्रशासनिक निकायहरूलाई आवश्यक सुविधा र भौतिक सामग्रीहरूको खाँचो तीव्र रूपमा महसुस भएको थियो।

यस्तो अवस्थामा स्थानीय व्यवसायीहरूबाट भएको सहयोगले प्रहरी प्रशासनलाई थप उत्साह मिल्ने तथा जनताको सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।
स्रोतका अनुसार, जेन–जि आन्दोलनपश्चात् राज्य संयन्त्रलाई मजबुत बनाउन नागरिक, व्यवसायी तथा सरकारी निकायबीचको सहकार्य अपरिहार्य बनेको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more