निमित्तको नाममा खाता नखुल्ने – प्रमुख जिल्ला अधिकारी खड्का

असोज ४, रौतहट । प्रेमचन्द्र झा- जिल्लाका स्थानीय तहमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यभार सम्हाल्नु अघि कुनै पनि स्थानीय तहको खाता निमित्तको नाममा नखोलिने भएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद खडकाले उक्त निर्णय स्थानीय तहमा हुने सम्भावित अनियमितता रोक्नका लागि गरिएको बताए।

प्रजिअ खडकाका अनुसार, कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख देवीप्रसाद गौतमलाई यसबारे जानकारी गराइसकिएको छ। शनिबार गाैरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रजिअ खडकाले भने, “नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनुअघि निमित्तको नाममा खाता खोल्दा पछि आएका अधिकृतहरूलाई काम गर्न समस्या पर्छ, त्यसैले यस्तो खाता खोल्न दिने छैनौं।”

उनले थपे, “कोष प्रमुखले आफ्नो विवेकमा वा समान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार खाता खोलेमा त्यसको जिम्मेवारी म लिँदिनँ।”

यसैबीच, नागरिक समाजका प्रतिनिधिहरूले समेत निमित्त प्रमुख प्रशासकीय अधिकृतको नाममा खाता खोलिँदा भ्रष्टाचार बढ्ने खतरा रहेको भन्दै गुनासो गरेका छन्। उनीहरूले कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रमुख जिल्ला अधिकारीसमक्ष चासो व्यक्त गरेका छन्।

यस निर्णयले स्थानीय तहमा पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

    Read more

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more