सुमना श्रेष्ठ फेरि सक्रिय, बालुवाटारमा चहलपहल

असोज ४, काठमाडौ । जेन–जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी नेतृ सुमना श्रेष्ठ फेरि राजनीतिक रूपमा सक्रिय देखिएकी छन्। हाल उनी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग भेटघाटमै व्यस्त रहेको स्रोतले जनाएको छ।

श्रेष्ठ अहिले जेन–जीको तर्फबाट नयाँ मन्त्रीका सम्भावित नामबारे छलफल गरिरहेकी चर्चा छ। यद्यपि, आफू मन्त्री नबन्ने घोषणा उनले सार्वजनिक रूपमा गरिसकेकी छिन्।

तर पनि, राजनीतिक सल्लाहकारको भूमिकामा उनी सक्रिय रूपमा संलग्न देखिनु र बालुवाटारमा चहलपहल बढ्नुले सिंहदरबारमा नयाँ तरंग पैदा गरेको छ। उनका गतिविधिहरूलाई कतिपयले जेन–जी आन्दोलनपछि उदीयमान नेतृत्वको प्रारम्भिक अभ्यासको रूपमा पनि व्याख्या गरेका छन्।

स्रोतहरूका अनुसार, जेन–जी आन्दोलनका मागहरूलाई नीति–निर्माण स्तरमा रूपान्तरण गर्ने विषयमा समेत श्रेष्ठले उच्च तहका नेताहरूसँग छलफल गरिरहेकी छन्

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more