प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन सुझाव दिइन्

पुस २२, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाव दिएकी छन्। मन्त्रिपरिषद् बैठकका क्रममा प्रधानमन्त्री कार्कीले राजनीतिक गतिविधिमा सक्रिय देखिएका मन्त्रीहरू सरकारमा रहन उपयुक्त नहुने स्पष्ट पारेकी हुन्।

प्रधानमन्त्रीको भनाइअनुसार सरकारमा रहेर दलगत तथा राजनीतिक गतिविधिमा संलग्न हुनु सुशासन र सरकारी मर्यादाविपरीत हुने निष्कर्षमा सरकार पुगेको छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएका गतिविधिमा केही मन्त्रीहरू संलग्न देखिएको प्रधानमन्त्रीको बुझाइ रहेको बताइएको छ।
बैठकमा प्रधानमन्त्री कार्कीले सरकारको ध्यान नीति कार्यान्वयन, सेवा प्रवाह र प्रशासनिक सुधारमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै मन्त्रीहरूले स्पष्ट राजनीतिक भूमिकाको छनोट गर्नुपर्ने धारणा राखेकी थिइन्। “सरकारमा बस्ने कि खुला रूपमा राजनीतिक गतिविधिमा लाग्ने—यो निर्णय मन्त्रीहरूले नै लिनुपर्छ,” प्रधानमन्त्रीले बैठकमा भनिएको स्रोतले जनाएको छ।
यस विषयमा सम्बन्धित मन्त्रीहरूले औपचारिक प्रतिक्रिया नदिए पनि घटनाक्रमले सत्ता राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। प्रधानमन्त्रीको सुझावपछि ती मन्त्रीहरूको भावी निर्णयलाई चासोका साथ हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    मैले लगानी गरेको रकम ऋणबाट जुटाइएको हो : गृहमन्त्री गुरुङ

    Read more