प्रतिनिधिसभा निर्वाचनका कारण एसइई परीक्षा सर्न सक्ने, प्रश्नपत्र छपाइमा ढिलाइको सङ्केत

पुस २२, काठमाडौ ।  जनक शिक्षा सामग्री केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) का प्रश्नपत्र छपाइमा केही दिन ढिलाइ हुन सक्ने सङ्केत गरेको छ। यसका कारण यस वर्षको एसइई परीक्षा केही साता सार्नुपर्ने अवस्था आएको छ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र छपाइलाई प्राथमिकतामा राख्नुपर्ने भएकाले एसइई प्रश्नपत्र छपाइको कार्य निर्धारित समयमै सम्पन्न गर्न कठिनाइ हुने देखिएको हो। सोही कारण परीक्षा तालिकामा पुनःसमायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।
यस विषयमा निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डले आगामी माघ ५ गते बैठक बोलाएको छ। बैठकले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकालाई ध्यानमा राख्दै एसइई परीक्षा केही दिन सार्ने गरी संशोधित परीक्षा तालिका सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more