कांग्रेस महामन्त्रीद्वय गगन–विश्वप्रकाशविरुद्ध असन्तुष्ट समूहको प्रदर्शन, उग्र नाराबाजी

पुस २२, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध असन्तुष्ट समूहका समर्थकहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा व्यक्तिगत लाञ्छनासहित उग्र नाराबाजी गरिएको छ भने ‘बाख्रा चोर’जस्ता आपत्तिजनक आरोपसमेत लगाइएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता विमलेन्द्र निधीमाथि गगन–विश्वप्रकाश पक्षका कार्यकर्ताले दुर्व्यवहार गरेको घटनापछि मधेश केन्द्रित निधी समर्थकहरू आक्रोशित बनेका हुन्। सोही घटनाको विरोधमा उनीहरूले महामन्त्रीद्वयविरुद्ध प्रदर्शन चर्काएका छन्।
प्रदर्शनकारीहरूले पार्टीभित्र असहिष्णुता बढ्दै गएको आरोप लगाउँदै वरिष्ठ नेतामाथि गरिएको दुर्व्यवहारलाई गम्भीर रूपमा लिन नेतृत्वसँग माग गरेका छन्। उनीहरूले लोकतान्त्रिक पार्टीभित्रै फरक विचार राख्ने नेताहरूमाथि अपमानजनक व्यवहार हुनु पार्टीको मूल्य र परम्पराविपरीत भएको बताएका छन्।
प्रदर्शनका क्रममा केही समय पार्टी कार्यालय वरपर तनावपूर्ण अवस्था सिर्जना भए पनि स्थिति नियन्त्रणमा रहेको जनाइएको छ। यस घटनाक्रमले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more