नेतृत्व परिवर्तन जथाभावी गर्न नहुने : कांग्रेस नेता शेखर कोइराला

असोज ४, काठमाडौ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र नेतृत्व परिवर्तनको विषयलाई जथाभावी ढंगले अघि बढाउन नहुने बताएका छन्।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले महासचिव गगन थापा र विश्वप्रकाश शर्माले उठाएको नेतृत्व परिवर्तनको प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गर्दै नेतृत्व परिवर्तन संवेदनशील विषय भएको स्पष्ट पारे।

कोइरालाले भने, “कसले के भन्यो भन्ने होइन, नेपाली कांग्रेसले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ र त्यसलाई सबैले मानेर अगाडि बढ्नुपर्छ।”

उनका अनुसार हाल तत्काल नेतृत्व परिवर्तनको नाममा जथाभावी कदम चाल्ने अवस्था छैन। “जथाभावी अगाडि बढ्ने हुन्छ त? मिल्छ? त्यसो होइन। परिस्थिति बुझ्नुपर्छ, पार्टीको निर्णयलाई सम्मान गर्नुपर्छ,” उनले भने।  पार्टीभित्र एकता र स्थायीत्व कायम राख्न सबै सदस्यलाई संयम र धैर्य अपनाउन आग्रह गरे। उनका अनुसार आन्तरिक छलफल र प्रक्रियागत निर्णयमार्फत मात्र पार्टीलाई मजबुत बनाउन सकिन्छ

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more