जेन–जी आन्दोलन गोलीकाण्डबारे सत्यतथ्य छानबिन होस् : एमाले नेता विष्णु रिजाल

असोज ४, काठमाडौ ।  नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जेन–जी आन्दोलनका क्रममा भएको गोलीकाण्डबारे सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा उनले लेख्दै, “तत्कालीन प्रधानमन्त्रीले नै ‘गोली चलाउने सरकारको आदेश थिएन, युवा मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नु अत्यन्त गम्भीर छ। सरकारले हत्या, आगजनी र लुटपाटको छानबिन मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गर्नुपर्ने हो। सत्यतथ्य छानबिन होस्, दोषीमाथि कडा सजाय होस्,” भनेका छन्।

यसअघि संविधान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३–२४ गते भएको आन्दोलनका क्रममा गोली चलाउन आफूले आदेश नदिएको दाबी गरेका थिए। ओलीको यस भनाइपछि घटनाबारे निष्पक्ष छानबिनको माग अझ चर्किएको छ।

जेन–जी आन्दोलनका क्रममा भएको गोलीकाण्डमा युवाको ज्यान गएको घटनाले समाजमा गम्भीर प्रश्न खडा गरेको छ। आन्दोलनकारी मात्र होइन, विभिन्न राजनीतिक दलहरूले समेत घटनामा संलग्न दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न निरन्तर दबाब दिइरहेका छन्।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more