नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, केही दिन राहदानी सेवा बन्द हुने

१९ असार , काठमाडौ ।— राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याउने तयारीस्वरूप केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ।
विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण (Migration) गर्न लागिएकाले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म (जुलाई ८–१०, २०२६) तीन दिन बन्द रहनेछ।
यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा भने असार २५ र २६ गते (जुलाई ९–१०, २०२६) दुई दिन बन्द हुने विभागले जनाएको छ।
विभागका अनुसार असार २९ गते (जुलाई १३, २०२६) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुनेछ।
सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गर्दै नयाँ प्रणाली कार्यान्वयनपछि सेवा थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरेको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more