डब्लुएचओको दोस्रो विश्व शिखर सम्मेलनका क्रममा नेपाल–भारत स्वास्थ्य मन्त्रीबीच भेटवार्ता

पुस ३,काठमाडौं/नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा जारी 2nd WHO Global Summit on Traditional Medicine मा सहभागी हुने क्रममा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय डा. सुधा शर्मा गौतम र भारतका स्वास्थ्य मन्त्री माननीय श्री जेपी नड्डाबीच महत्वपूर्ण भेटवार्ता भएको छ।

आज मिति २०८२ पौष २ गते सम्पन्न उक्त भेटवार्तामा स्वास्थ्य पूर्वाधार विकास, डिजिटल स्वास्थ्य प्रणालीको विस्तार तथा अत्यावश्यक औषधिको आपूर्ति व्यवस्थालाई थप सहज बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

भेटवार्ताका क्रममा दुवै पक्षले परम्परागत चिकित्सा, आधुनिक स्वास्थ्य प्रविधि तथा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सहमति जनाएका छन्। यस छलफलले नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकको हितमा प्रभावकारी काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more