पुस ३, जनकपुरधाम। नेपालस्थित भारतीय महावाणिज्य दूतावास, वीरगञ्ज र PHDCCI ले नेपाल यंग इन्टरप्रेनर्स फोरम (वीरगञ्ज तथा जनकपुर) को सहकार्यमा “India–Nepal Cooperation in New Technology & Startups” विषयमा राउन्डटेबल छलफल आयोजना गरेका छन्।
मिति १६ डिसेम्बर २०२५ मा जनकपुर (नेपाल) मा सम्पन्न उक्त छलफलमा भारत र नेपालबीच स्टार्टअप, युवा उद्यमशीलता तथा नयाँ र उदीयमान प्रविधि, विशेषगरी कृत्रिम बुद्धिमत्ता (AI) लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा अर्थपूर्ण संवाद भएको थियो।
कार्यक्रममा दुवै देशका उद्यमी, व्यवसायिक संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। छलफलको मुख्य उद्देश्य नयाँ प्रविधिबाट प्रभावित प्राथमिक क्षेत्रहरूमा सहकार्यलाई तीव्र बनाउँदै भारत–नेपालबीचको द्विपक्षीय आर्थिक तथा प्रविधिगत सम्बन्धलाई थप मजबुत बनाउनु रहेको आयोजकहरूले जनाएका छन्।
भारत सरकारको विदेश मन्त्रालय (Ministry of External Affairs) र वाणिज्य विभाग (Department of Commerce) को सहकार्यमा आयोजित उक्त राउन्डटेबलले स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, लगानी अवसर तथा ज्ञान आदान–प्रदानमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
















