गौर हत्याकाण्ड छानबिनमा ढिलासुस्ती असह्य, दोषीलाई कारबाही अनिवार्य : जसपा

भदौ ४, काठमाडौ ।जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्डलाई निरन्तर लुकाउने र ढाकछोप गर्ने शक्तिहरूलाई कडा चेतावनी दिएको छ। सर्वोच्च अदालतले उक्त घटनाको पुनः छानबिन गर्न परमादेश जारी गरेपछि जसपाले यो निर्णयलाई ऐतिहासिक भन्दै अब सत्य लुकाएर बस्न कसैले पनि नसक्ने स्पष्ट पारेको छ।

पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गौर हत्याकाण्डको सत्य तथ्य जनताले थाहा पाउन पाउनैपर्छ। पीडित परिवारले वर्षौंदेखि न्यायको पर्खाइ गरिरहेका छन्। यो मुद्दामा ढिलासुस्ती अब असह्य छ, दोषीलाई कारबाही गरेर मात्र देशमा न्याय र कानूनको शासन स्थापित हुन्छ।”

जसपाले उक्त घटनालाई राजनीतिक षड्यन्त्र र व्यक्तिगत चरित्र हत्या गर्ने औजारका रूपमा प्रयोग गर्ने प्रयास तत्काल बन्द गर्नुपर्ने चेतावनी दिएको छ। पार्टीको भनाइ छ, “गौर घटनालाई लगातार तोडमोड गर्दै अध्यक्ष उपेन्द्र यादवमाथि प्रहार गर्ने खेल चलेको छ। तर, सर्वोच्चको आदेशले प्रष्ट पारिदिएको छ – सत्य लुकाइएन भने दोषी अवश्य उजागर हुनेछन्।”

जसपाले २०६३ साल चैत ७ गते गौरमा भएको घटनामा जीवन गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेको छ, “राज्यले न्याय दिन ढिलाइ गर्‍यो, तर पीडितको पीडा आजसम्म मरेको छैन। अब दोषी जोसुकै भए पनि कारबाही गर्न ढिलाइ गर्न पाइँदैन।”पार्टीले सरकारलाई सर्वोच्चको आदेशलाई पूर्ण कार्यान्वयन गर्न, उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त अघि बढाउन र पीडित परिवारलाई न्याय दिन दवाव दिएको छ।

बिज्ञपति:-

 

 

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more

    Leave a Reply