१३ चैत, काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ का लागि आवश्यक प्रश्नपत्र देशभरका सबै जिल्लामा पुर्याइएको छ। परीक्षा नियन्त्रण कार्यालय का अनुसार सातै प्रदेशका सबै जिल्लामा प्रश्नपत्र सुरक्षित रूपमा ढुवानी गरी वितरण सम्पन्न गरिएको हो।
प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मा छपाइ गरिएको थियो। छपाइपछि सुरक्षा निकायको कडा निगरानीमा ती प्रश्नपत्र सम्बन्धित जिल्लासम्म पुर्याइएको परीक्षा नियन्त्रकले जानकारी दिएका छन्।
यस वर्ष सातै प्रदेशका लागि फरक–फरक प्रश्नपत्र तयार गरिएको छ। विशेषगरी ६ वटै अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार अलग–अलग बनाइएको कार्यालयले जनाएको छ। यस्तो व्यवस्थाले प्रश्नपत्र चुहावटको जोखिम न्यून पार्ने विश्वास गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यदि कुनै स्थानमा प्रश्नपत्र बाहिरिएको पाइएमा सम्बन्धित प्रदेशको उक्त विषयको मात्र परीक्षा रद्द गरी पुनः नयाँ प्रश्नपत्रमार्फत परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको


















