मोदीद्वारा बालेन्द्र शाहलाई बधाई, सहकार्य विस्तारको अपेक्षा

१३ चैत, काठमाडौ ।   भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई पदभार ग्रहणको अवसरमा हार्दिक बधाई दिएका छन्।
मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वप्रति राखेको विश्वास झल्काउने उल्लेख गरेका छन्। उनले भारत–नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको पारस्परिक हितका लागि सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
साथै, आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन र विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न मिलेर काम गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more