देवानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको मृत्युपछि पीडित परिवार आक्रोशित, शव नबुझ्ने घोषणा

१९ साउन, काठमाडौ । — सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्ज घटनामा घाइते भएका २२ वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएपछि पीडित परिवार र आफन्तले आक्रोश व्यक्त गरेका छन्।
शिक्षण अस्पताल परिसरमै पीडित पक्षले शव नबुझ्ने र उठाउन समेत नदिने घोषणा गर्दै सरकारप्रति गम्भीर असन्तुष्टि जनाएको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
पीडित पक्षले अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने सुरक्षाकर्मीमाथि कुनै निलम्बन वा कारबाही नगरिएको तथा सरकारले केवल सम्झौतामार्फत घटनालाई मत्थर पार्न खोजेको आरोप लगाएका छन्।
रविन्द्र मेहताको मृत्यु भएसँगै देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या थप बढेको छ। यस घटनापछि पीडित परिवारले सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही, पीडितलाई न्याय र घटनाको निष्पक्ष अनुसन्धानको माग दोहोर्‍याएका छन्।

  • सम्बन्धित समाचारहरु

    सुनसरीको कप्तानगञ्ज घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

    Read more

    श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

    Read more