म्यानमारको तटमा दुई डुङ्गा डुब्दा ५३० भन्दा बढी रोहिङ्ग्या शरणार्थी बेपत्ता हुने आशंका

१ साउन, काठमाडौ । म्यानमारको तट नजिक दुई वटा डुङ्गा डुबेको आशंकासँगै ५३० भन्दा बढी व्यक्ति, अधिकांश रोहिङ्ग्या शरणार्थी, बेपत्ता भएका छन्।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) र शरणार्थीसम्बन्धी एजेन्सी (UNHCR) ले संयुक्त विज्ञप्ति जारी गर्दै खराब मौसमका कारण म्यानमारको पश्चिमी राखाइन राज्यबाट प्रस्थान गरेका दुई डुङ्गा दुर्घटनामा परेको जनाएको हो।
विज्ञप्तिअनुसार पहिलो डुङ्गामा करिब २५० जना सवार थिए। राखाइनबाट यात्रा सुरु गरेको केही समयमै उक्त डुङ्गासँग सम्पर्क विच्छेद भएको र त्यसयता कुनै जानकारी प्राप्त हुन सकेको छैन।
त्यसैगरी दोस्रो डुङ्गामा करिब २८० जना सवार थिए। उक्त डुङ्गा जुलाई ८ मा म्यानमारको अयेयारवाडी (इरावदी) तट नजिक डुबेको आशंका गरिएको छ।
संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले अधिकांश बेपत्ता व्यक्ति रोहिङ्ग्या समुदायका शरणार्थी रहेको जनाउँदै खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। यदि यो पुष्टि भयो भने, यो हालैका वर्षहरूकै सबैभन्दा ठूलो समुद्री शरणार्थी दुर्घटनामध्ये एक हुने बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more