हङकङमा बाथरुममा लड्दा शेरबहादुर देउवाको दायाँ हात भाँचियो

१ साउन , काठमाडौ ।  नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। दुर्घटनामा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ।
देउवानिकट स्रोतका अनुसार केही दिनअघि भएको उक्त घटनापछि उनलाई तत्काल स्थानीय अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। आवश्यक उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
पछिल्लो समय हङकङमा रहेकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग उनी विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदै आएका थिए।
देउवा गत चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी फागुन १३ गते स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका थिए। उपचारकै क्रममा हङकङ बसाइका बेला बाथरुममा लड्दा उनको हातमा चोट लागेको हो।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more