जनकपुरधामका सार्वजनिक पोखरी र डिलको अतिक्रमण ७ दिनभित्र हटाउन निर्देशन

१ साउन , जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई गोरखापत्र दैनिकमार्फत सार्वजनिक सूचना प्रकाशित गर्दै सात दिनभित्र अनधिकृत संरचना हटाउन निर्देशन दिइएको छ।
गोरखापत्रमा प्रकाशित सूचनाअनुसार जनकपुर उपमहानगरपालिकाभित्र रहेका बिशहरा सर, मुरली सर,अरगज्जा पोखरी , दशरथ तलाउ, रत्नसागर , गोरधोइ पोखरी ,दिपिर्का सर   लगायतका सार्वजनिक जलाशय र तिनका डिल क्षेत्रमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण गरेको उल्लेख गरिएको छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०८२ कार्यान्वयन समिति ले प्रकाशित गरेको सूचनामा सात दिनभित्र अतिक्रमण हटाउन आग्रह गरिएको छ। अन्यथा, प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
समितिले सार्वजनिक पोखरी तथा गुठीको जग्गाको संरक्षण, व्यवस्थापन र अतिक्रमण नियन्त्रणका लागि सम्बन्धित सबै पक्षलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more