प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर विश्वनाथ पौडेलबीच छलफल, आगामी मौद्रिक नीति लचिलो बनाउन आग्रह

३२ असार , काठमाडौ ।  — प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारको स्थायित्व, उद्यमशीलता प्रवर्द्धन र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्नुभएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले आगामी मौद्रिक नीतिलाई समयसापेक्ष र लचकदार बनाउन आग्रह गर्दै आम लगानीकर्ताको मनोबल बढ्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। साथै साना तथा ठूला उद्यमीका लागि ब्याजदर घटाउने, कर्जा प्रवाह सहज बनाउने तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आवश्यक नीति अवलम्बन गर्न सुझाव दिनुभयो।
प्रधानमन्त्री शाहले विशेषगरी महिला तथा पिछडिएका वर्गका उद्यमीलाई सहुलियतपूर्ण कर्जा र वित्तीय पहुँच विस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
जवाफमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गति दिने, निजी क्षेत्रको मनोबल उच्च बनाउने तथा वित्तीय प्रणालीलाई चलायमान बनाउन राष्ट्र बैंक पूर्ण रूपमा लचिलो र सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more