ग्यास आपूर्ति सहज बनाउन निगमको निर्णय, १४.२ केजी सिलिन्डर साउन ३१ देखि पुनः वितरण

३० असार । काठमाडौं। नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति तथा वितरणलाई सहज बनाउन ग्यास सिलिन्डर बिक्री प्रणालीमा अस्थायी परिवर्तन गरेको जनाएको छ।

निगमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ /११/२९  गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी क्षमताको एलपी ग्यास सिलिन्डरमा मात्र ग्यास भरी बिक्री–वितरण गर्ने व्यवस्था गरिएको छ।

निगमका अनुसार भारतीय आयलका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने लोडिङमा सुधार आएपछि साउन ३१ गतेदेखि १४.२ केजी क्षमताको ग्यास सिलिन्डर पनि पुरानै मूल्य २०६० रुपैयाँमा बिक्री–वितरण गरिनेछ।

निगमले केही समयका लागि ७.१ केजी र १४.२ केजी दुवै क्षमताका सिलिन्डर बजारमा उपलब्ध हुन सक्ने भएकाले सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।

साथै, भारतीय आयल कर्पोरेशनबाट एलपी ग्यासको नियमित आयात भइरहेको उल्लेख गर्दै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more