मिटरब्याजपीडितका मागमा गृहमन्त्री सकारात्मक, आयोगका प्रतिवेदन सार्वजनिक गर्न निर्देशन

३० असार ,  बारा। जनकपुरधामबाट सुरु भएको ‘मिटरब्याजविरुद्ध पैदल न्याय मार्च’ का क्रममा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत मिटरब्याजपीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ।

मार्चको छैटौँ दिन बाराको निजगढ उद्योग वाणिज्य संघको सभाहलमा भएको वार्तामा मिटरब्याजपीडितहरूले अघि सारेका ६ बुँदे मागमाथि विस्तृत छलफल भएको थियो।

वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याज समस्याबारे अध्ययन गर्न विगतमा गठन भएका सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

साथै, पीडितहरूले उठाएका मागहरूको सम्बोधनका लागि गर्ने सहमति भएको जनाइएको छ।

जनकपुरधामबाट सुरु भएको पैदल न्याय मार्चमार्फत मिटरब्याजपीडितहरूले न्याय, दोषीमाथि कारबाही र दीर्घकालीन समाधानको माग गर्दै आन्दोलन जारी राखेका छन्।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more