रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, थप उपचारका लागि काठमाडौं रिफर

३१ असार , रौतहट।  — रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिका–९, गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। उनी स्थानीय देवेन्द्र सहनीका छोरा हुन्।
घटनापछि घाइते सहनीलाई तत्काल गरुडास्थित एक अस्पतालमा उपचारका लागि लगिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार उनको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ। हाल उनको अवस्था मध्यम रहेको बताइएको छ।
प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको कारण हालसम्म खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more