पेट्रोल पम्पको मनपरी अब महँगो पर्ने, कृत्रिम अभाव गराउनेलाई १० लाख जरिवाना र लाइसेन्स खारेजसम्म

१९ असार , काठमाडौं । उचित कारणबिना पेट्रोल पम्प बन्द गरेर सर्वसाधारणलाई सास्ती दिने व्यवसायीविरुद्ध सरकारले कडा कारबाहीको तयारी गरेको छ। इन्धनको मूल्य बढ्ने बेला पम्प सञ्चालन गर्ने तर मूल्य घट्दा बिक्री रोक्दै कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले नयाँ व्यवस्था लागू गर्न लागेको हो।
सरकारले यस्तो गतिविधिमा संलग्न पम्प सञ्चालकलाई रु. ३ लाखदेखि १० लाखसम्म जरिवाना गर्ने तथा ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने तयारी गरेको जनाएको छ।
यति गर्दा पनि अटेर गरी भविष्यमा पनि यस्तै कार्य दोहोर्‍याउने व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नै खारेज गरिने व्यवस्था गर्न लागिएको छ।
सरकारका अनुसार इन्धनको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने र बजारलाई प्रभावित पार्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने भएकाले अनुगमनलाई थप कडा बनाइनेछ। सरकारले उपभोक्ताको सहज आपूर्ति सुनिश्चित गर्न र बजारमा अनुशासन कायम गर्न यो कदम चाल्न लागेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more