इन्धनमा ठूलो राहत: पेट्रोल २०, डिजेल ३० र एलपी ग्यास १०० रुपैयाँ सस्तो

१६ असार ,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको असार १६ गतेको निर्णयअनुसार नयाँ मूल्य बुधबार (असार १७) बिहान १२:०१ बजेदेखि लागू हुने भएको हो।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटपछि इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. १५.०९, डिजेल रु. २९.४६, हवाई इन्धन रु. २९.४२ र एलपी ग्यासको मूल्य पनि घटेर आएको छ।

सोही आधारमा निगमले उपभोक्तालाई राहत दिने गरी खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धन प्रतिलिटर ४० रुपैयाँ, काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर २६५ अमेरिकी डलर तथा एलपी ग्यास प्रति सिलिन्डर १०० रुपैयाँ घटाएको जनाएको छ।

निगमका अनुसार नयाँ मूल्य जुलाई १, २०२६ (असार १७, २०८३) बिहान १२:०१ बजेदेखि देशभर लागू हुनेछ।

निगमले विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न कठिनाइ भएको उल्लेख गर्दै हाल बजार मूल्यमा सुधार आएकाले उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य घटाइएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more