रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

८ बैशाख , काठमाडौं ।— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रणनीतिक तयारी तीव्र बनाएको छ।
पार्टीले निर्वाचन केन्द्रित “उम्मेदवार क्लब” गठन गर्ने योजना अघि सारेको छ। यस विषयमा आगामी केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुने र सोही बैठकबाट आवेदन आह्वान गर्ने तयारी गरिएको जनाइएको छ।
रास्वपाका अनुसार वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुख पदका आकांक्षीहरूले उक्त क्लबमा नाम दर्ता गर्न सक्नेछन्। क्लबमा आबद्ध व्यक्तिहरूलाई निर्वाचित भएपछि गर्नुपर्ने काम, जिम्मेवारी तथा कार्यसम्पादन सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ।
त्यसैगरी, क्लबमा दर्ता भएका उम्मेदवारहरूले निर्वाचन जितेपछि कार्यान्वयन गर्ने आफ्नो स्पष्ट कार्ययोजना पार्टीसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
पार्टीले क्लबमा दर्ता हुन सक्रिय राजनीतिमा अनिवार्य रूपमा संलग्न हुनुपर्ने बाध्यता नराख्ने स्पष्ट पारेको छ। यसलाई रास्वपाले स्थानीय तहमा दक्ष, तयारीयुक्त र उत्तरदायी नेतृत्व उत्पादन गर्ने दीर्घकालीन रणनीतिका रूपमा अघि बढाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनापछि हिन्दुवादी संगठन एकजुट, ‘संयुक्त हिन्दू मोर्चा’ गठन; हिन्दू राष्ट्र घोषणा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

    Read more

    प्रदर्शन चर्किएपछि जनकपुर उपमहानगरपालिकाभित्र अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

    Read more