सीमावर्ती सास्ती अन्त्य र सेवा सुधारमा जोड, गृहमन्त्रीसँग सांसद शिव यादवको छलफल

४ बैशाख , सिरहा।  मधेस प्रदेशका सीमावर्ती क्षेत्रमा नागरिकले भोग्दै आएको सास्ती अन्त्य, तस्करी नियन्त्रण र प्रशासनिक सेवा सुधारका विषयमा गृहमन्त्रीसँग महत्वपूर्ण छलफल भएको छ।
सिरहा क्षेत्र नं. २ का सांसद शिव यादव का अनुसार गृहमन्त्री सुदन गुरुङ सँग करिब दुई घण्टा लामो भेटवार्ता गरी सीमाक्षेत्रका समस्याबारे गम्भीर रूपमा छलफल गरिएको हो।
छलफलमा तराई–मधेशका सीमावर्ती क्षेत्रमा आम नागरिकले भोग्दै आएको अनावश्यक सास्ती तत्काल अन्त्य गर्नुपर्ने तथा तस्करी नियन्त्रणलाई अझ कडाइका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको बताइएको छ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका विभिन्न मुद्दा फाँटमा देखिएको ढिलासुस्ती, मुद्दा दर्तामा हुने विकृति तथा सेवाग्राहीले भोग्दै आएको झन्झट अन्त्य गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराइएको छ।
छलफलका क्रममा चुरे संरक्षणलाई प्राथमिकतामा राख्दै अवैध क्रसर उद्योगहरूमाथि कडा निगरानी र आवश्यक कारबाही अघि बढाउने विषयमा समेत सहमति भएको जनाइएको छ।
सांसद यादवले हाल सरकार नयाँ ऐन वा नीति ल्याउनेभन्दा पनि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमै केन्द्रित रहेको सामाजिक संजाल मार्फत  स्पष्ट पारेका छन्।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more