शनिबार–आइतबार सार्वजनिक बिदा लागू भएपछि स्वास्थ्य सेवा नरोकिने ओपिडी सुचारु राख्न निर्देशन

२७ चैत, काठमाडौ ।  नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम अबदेखि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू भएको छ। यस व्यवस्थाका कारण स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले नेपाल सरकारले विशेष निर्देशन जारी गरेको छ।
जारी निर्देशनअनुसार अस्पतालहरूले आफ्नो कार्यभार (workload) र उपलब्ध जनशक्ति मूल्याङ्कन गर्दै आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। यसरी सेवा सञ्चालन गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक थप एक दिन बिदा दिने व्यवस्था गर्नुपर्नेछ। यदि यस्तो बिदा दिन सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, प्रादेशिक अस्पतालहरूमा पनि यही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ। यस कदमबाट दुई दिनको सार्वजनिक बिदाका बाबजुद पनि नागरिकले आवश्यक स्वास्थ्य सेवा निरन्तर रूपमा प्राप्त गर्न सक्ने विश्वास सरकारको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more