कानुनी तथा राजनीतिक लडाइँ जारी रहने – रमेश लेखक, पुर्व गृहमन्त्री

२७ चैत, काठमाडौ । पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनको नियन्त्रणपछि रिहा भएका छन्। गत भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित विषयमा गठित आयोगको प्रतिवेदनका आधारमा उनीमाथि फौजदारी अभियोग लगाइएको थियो।
लेखकले उक्त प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण तथा अप्रमाणित भएको दाबी गरेका छन्। उनले नियन्त्रणमा राखिएपछि अन्ततः रिहा भएको जानकारी दिँदै आफ्नो कानुनी तथा राजनीतिक लडाइँ अझै जारी रहने बताएका छन्।
रिहाइपछि जारी वक्तव्यमा उनले आफ्नो पक्षमा आवाज उठाउने सम्पूर्ण न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गरेका छन्।
लेखकले आफू कानुनको पालना गर्ने र न्यायप्रति विश्वास राख्ने व्यक्तिको रूपमा प्रस्तुत गर्दै आगामी दिनमा पनि कानुनी प्रक्रिया मार्फत सत्य स्थापित गर्ने अडान दोहोर्‍याएका छन्।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more