उपसभामुख पदमा ‘सरप्राइज’ निर्णय—बालेन शाह र हर्क साम्पाङबीचको तिक्तता अन्त्यको संकेत

२७ चैत, काठमाडौ ।  प्रधानमन्त्री बालेन शाहको ‘सरप्राइज’ राजनीतिक कदमपछि हर्क साम्पाङ उत्साहित देखिएका छन्। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिने भनिएको उपसभामुख पद अन्तिम समयमा परिवर्तन गर्दै हर्क नेतृत्वको श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई दिइएको बताइएको छ।
यस निर्णयसँगै यी दुई चर्चित नेताबीच लामो समयदेखि रहेको तिक्तता कम भएको संकेत देखिएको छ। विगतमा बालेनको कडा आलोचकका रूपमा चिनिएका साम्पाङ अहिले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया जनाउँदै ‘हामी मिलेको हेर्न चाहनेले लाइक गरौँ’ भन्दै सार्वजनिक रूपमा खुसी व्यक्त गरेका छन्।
राजनीतिक वृत्तमा बालेनको यस कदमलाई परिपक्व रणनीतिक चालको रूपमा हेरिएको छ। साथै, यसैसँगै खाली रहेको श्रम मन्त्रालयको जिम्मेवारी पनि साम्पाङलाई दिइन सक्ने अड्कलबाजी तीव्र भएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more