जेनजी आन्दोलन प्रतिवेदन अध्ययन गर्न कांग्रेसले पाँच सदस्यीय समिति गठन

२० चैत, काठमाडौ ।  नेपाली कांग्रेस ले गौरीबहादुर कार्की को अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरी सुझाव दिन पाँच सदस्यीय समिति गठन गरेको छ।
पार्टीका अनुसार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल को संयोजकत्वमा समिति बनाइएको हो। समितिका सदस्यहरूमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई रहेका छन्।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले उक्त जानकारी दिएका हुन्।
समितिले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा भएका घटनाबारे आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदनको अध्ययन गर्नेछ। साथै, आवश्यक राय, सल्लाह र सुझावसहितको प्रतिवेदन तयार गरी पार्टीलाई बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more