बिन्दु ठाकुरसहित नेता–कार्यकर्ता रास्वपामा प्रवेश

५ फागुन , जनकपुरधाम।  मधेसकी चर्चित आन्दोलनकारी महिला नेत्री तथा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) महिला विभागकी केन्द्रीय अध्यक्ष बिन्दु ठाकुरसहित विभिन्न दल परित्याग गरेका सयौं नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपाले आयोजना गरेको विशेष कार्यक्रममा ठाकुरसँगै नेकपा प्रदेश सदस्य संयोज यादव, युवा नेता सन्नी सिंहलगायत सयौं नेता तथा कार्यकर्तालाई पार्टीका नेताहरूले स्वागत गरेका हुन्। नवप्रवेशीहरूलाई टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा भित्र्याइएको थियो।
पार्टी प्रवेशपछि बोल्दै नेत्री ठाकुरले मधेसको अधिकार, समावेशीता र सुशासनका मुद्दा स्थापित गर्न नयाँ राजनीतिक विकल्प आवश्यक रहेको बताइन्। उनले देशमा विद्यमान राजनीतिक अवस्थाबाट जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै रास्वपा मार्फत जनअपेक्षा पूरा गर्न आफूले नयाँ यात्रा सुरु गरेको स्पष्ट पारिन्।
रास्वपाका नेताहरूले मधेसमा पार्टीप्रति जनआकर्षण बढ्दै गएको दाबी गर्दै पछिल्लो समय विभिन्न दलका प्रभावशाली नेता तथा कार्यकर्ताहरू निरन्तर पार्टीमा प्रवेश गरिरहेको बताएका छन्। उनीहरूले मधेस प्रदेशमा संगठन विस्तार तीव्र गतिमा भइरहेको र आगामी निर्वाचनमा सशक्त उपस्थिति जनाउने लक्ष्य राखिएको पनि उल्लेख गरे।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more