जनकपुरधाममा गगन थापाको सम्बोधनसहित कांग्रेसको शक्ति प्रदर्शन, एक लाख सहभागी गराउने दाबी

५ फागुन, जनकपुरधा।  नेपाली कांग्रेसले मधेश प्रदेशस्तरीय ऐतिहासिक सभा आयोजना गर्दै एक लाखभन्दा बढी समर्थक सहभागी गराउने दाबी गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको मधेश प्रदेश समितिले सभाको तयारी पूरा भएको जानकारी दिएको हो।
प्रदेश सभापति कृष्णकुमार यादवका अनुसार बुधबार जनकपुरधामस्थित तिरुहुतिया गाछीमा हुने सभालाई पार्टीका सभापति गगन थापाले सम्बोधन गर्नेछन्। उनले उक्त कार्यक्रम मधेशमा कांग्रेसको शक्ति प्रदर्शन मात्र नभई आगामी निर्वाचनका लागि जनाधार सुदृढ गर्ने ऐतिहासिक अवसर हुने बताए।
उनका अनुसार मधेश प्रदेशका आठवटै जिल्लाबाट व्यापक जनसहभागिता सुनिश्चित गर्न संगठनात्मक संरचना पूर्ण रूपमा परिचालन गरिएको छ। प्रत्येक जिल्लाबाट उल्लेख्य संख्यामा कार्यकर्ता र समर्थक ल्याएर कम्तीमा एक लाख जनसहभागिता जुटाउने लक्ष्य राखिएको उनले स्पष्ट पारे।
सभाका क्रममा कांग्रेसले मधेश केन्द्रित विशेष प्रतीज्ञापत्र पनि सार्वजनिक गर्ने जनाएको छ। उक्त प्रतीज्ञापत्रमा मधेशको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको सुधार, पूर्वाधार विस्तार तथा सुशासनलाई प्राथमिकतामा राखिने बताइएको छ।
प्रदेश सभापति यादवले मधेशमा कांग्रेसभित्र कुनै बागी उम्मेदवार नरहेको दाबी गर्दै पार्टी पूर्ण रूपमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको बताए। उनले मधेश प्रदेशमा कांग्रेसको जनाधार थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित संगठन परिचालन भइरहेको पनि जानकारी दिए।

  • सम्बन्धित समाचारहरु

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more

    रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा CFWA का कर्मचारीद्धारा रकम सहयोग

    Read more