धनगढीबाट रास्वपाको चुनावी सभा सुरु, रवि लामिछाने र बालेन शाहले सम्बोधन गर्ने

६ फागुन, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कैलालीको धनगढी मा चुनावी सभा आयोजना गर्न लागेको छ। पार्टीले बिहान ११ बजे सुरु हुने सभा दिउँसो १ बजे समापन हुने जानकारी दिएको छ।

सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशका विभिन्न शहरमा जनसम्पर्क तथा चुनावी अभियानलाई तीव्र बनाउने रणनीति अन्तर्गत धनगढीबाट सभा सुरु गरेको जनाएको छ।
रास्वपाले धनगढीपछि क्रमशः सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरी मा समेत चुनावी सभा आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

पार्टीका अनुसार यी सभामार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम तथा आगामी निर्वाचनका प्राथमिकता सार्वजनिक गरिनेछ। रास्वपाले देशभर आफ्नो संगठन विस्तार र जनसमर्थन मजबुत बनाउने उद्देश्यसहित चुनावी अभियानलाई तीव्रता दिएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more