काठमाडौंमा पिकनिक बस दुर्घटना : चारको ज्यान गयो, २७ घाइते

पुस २३, काठमाडौ ।  काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा तीन महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।
बुधबार जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २७ जना घाइते भएका छन्।
घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
सडकको घुम्ती र ओरालो खण्डमा बस अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ। घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more