बिरगञ्जमा रुखमा हनुमानको आकृति देखिएको दाबी, दर्शनार्थीको भीड बढ्दै

पुस २३, बिरगंज । बिरगञ्जस्थित बौद्धिमाई मन्दिर नजिकैको एक रुखमा हनुमानजी प्रकट भएको विश्वास गरिएको दृश्य देखिएपछि स्थानीयवासीहरू दर्शनका लागि भेला हुन थालेका छन्। मन्दिर परिसरको पश्चिमतर्फ रहेको रुखमा हनुमानजी उभिएको जस्तै आकृति देखिएको भन्दै क्षेत्रभर धार्मिक आस्था र उत्सुकता बढेको छ।
स्थानीयका अनुसार रुखको तना र हाँगाको बनावट हनुमानजीको आकृतिसँग मिल्दोजुल्दो देखिएपछि खबर फैलिएको हो। सामाजिक सञ्जालमार्फत तस्वीर र भिडियो सार्वजनिक भएपछि वरपरका क्षेत्रबाट पनि मानिसहरू दर्शनका लागि पुग्न थालेका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more