स्थानहद फुकुवा: ओलीलाई चुनावी प्रचार र विदेश भ्रमणको बाटो खुल्यो

पुस २१, काठमाडौ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद तथा विदेश भ्रमण रोकसम्बन्धी आदेश फुकुवा गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानको दायरामा रहेका ओलीसँग सोधपुछ पूरा भइसकेकाले अब रोक लगाइरहनुको औचित्य नरहेको जनाएका छन्।
उक्त निर्णयसँगै ओली अब भक्तपुरको गुण्डूमा सीमित रहनु नपर्ने भएको छ। उनी देशका अन्य जिल्ला भ्रमण गर्न, पार्टीको चुनावी तथा संगठनात्मक अभियान सञ्चालन गर्न पाउने भएका छन्। साथै, ओलीका लागि विदेश भ्रमणको बाटो पनि खुलेको छ।
यसअघि ओलीले स्थानहदमा राखिएको अवस्थामा फागुन २१ गते हुने चुनावमा सहभागी हुन नसकिने अडान सार्वजनिक गर्दै आएका थिए। आयोगको टोलीले भने गुण्डूमै पुगेर ओलीको बयान लिएको थियो। लिखित बयान दिएसँगै स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार यससँगै स्थानहदमा राखिएका अन्य नेता तथा कर्मचारीहरूमाथिको अनुसन्धान प्रक्रिया पनि सकिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more