पूर्वप्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच दिल्लीमा भेट

पुस २१,नइ दिल्ली। भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन्।
पार्टी कार्यक्रमका लागि भारत पुगेका दाहाल दिल्ली उत्रिएलगत्तै आइतबार साँझ डोभालसँग भेट गरेका हुन्। स्रोतका अनुसार डोभाल स्वयं दाहाल बसेको होटल ताजमान सिंह पुगेर भेटवार्ता गरेका थिए। भेटलाई गोप्य राख्न प्रयास गरिएको बताइन्छ।
स्रोतका अनुसार दाहाल र डोभालबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो। यद्यपि, छलफलको विषयवस्तु सार्वजनिक गरिएको छैन। यसका अतिरिक्त दाहालको सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूसँग समेत भेट भएको बताइएको छ।
दाहालले पार्टी कार्यक्रमको बहानामा ‘आकस्मिक’ रूपमा दिल्ली यात्रा तय गरेको बताइन्छ। उनी सोमबार साँझ नै काठमाडौं फर्किने तयारीमा रहेका छन्।

  • सम्बन्धित समाचारहरु

    भारी वर्षाको जोखिमका कारण जलेश्वरका विद्यालय दुई दिन बन्द

    Read more

    भारी वर्षाको सम्भावनापछि असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

    Read more