कर्मचारीमाथि आक्रमण नरोके बैंक बन्द गर्ने चेतावनी

पुस २१, काठमाडौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले कर्मचारीमाथि भइरहेका आक्रमण र दुर्व्यवहार तत्काल नरोके बैंक बन्द गरी चाबी नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई बुझाउने चेतावनी दिएको छ।
युनियनले दाङको घोराही शाखामा कर्जा असुलीका क्रममा बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न र बैंक कर्मचारीको कार्यस्थल सुरक्षाको सुनिश्चितता गर्न युनियनले माग गरेको छ।
युनियनका अनुसार बैंकिङ सेवा प्रवाहका क्रममा कर्मचारीहरू असुरक्षित अवस्थामा काम गर्न बाध्य हुनु गम्भीर विषय हो। बारम्बार यस्ता घटना दोहोरिँदा पनि सम्बन्धित निकायबाट प्रभावकारी कदम नचालिएको आरोप युनियनको छ।
युनियनले मागहरू तत्काल पूरा नभए देशभरका सम्पूर्ण बैंक कर्मचारी धर्नामा बस्ने र सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ। कर्मचारीको ज्यान र कार्यस्थल सुरक्षाप्रति राज्य, नियामक निकाय र बैंक व्यवस्थापन गम्भीर हुनुपर्ने युनियनको आग्रह छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more