धनुषामा श्रोत नखुलेको रकम सहित १ जना पक्राउ

१७ पुस, जनकपुरधाम | धनुषा जिल्लामा श्रोत नखुलेका एक व्यक्तिलाई प्रहरीले नगद रकमसहित पक्राउ गरेको छ। सूचना परिचालन तथा विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा र मातहत प्रहरी चौकीहरूको संयुक्त टोलीले उक्त सफलता हासिल गरेको हो।

प्रहरीका अनुसार मिति २०८२/०९/१४ गते दिउँसो करिब अढाई बजेको समयमा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४, माछा बजारस्थित एक घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय रंजित कुमार साहलाई पक्राउ गरिएको हो। उनी महोत्तरी जिल्लाको एकडारा गाउँ पालिका–४ का स्थायी बासिन्दा हुन्।

रंजित कुमार साहको साथबाट विभिन्न कम्पनीका मोबाइल ३ थान, फिटी बिल काउन्टर लेखिएको पैसा गन्ने मेसिन एक थान, श्रोत नखुलेको नगद रकम रु १० लाख ३ हजार ८ सय ५ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा मध्यराति घरमा आगलागी, पूर्वशिक्षक सहनीको जलेर मृत्यु

    Read more

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more