लौकही गोलीकाण्डबारे सर्वपक्षीय सहमति, निष्पक्ष छानबिन र पीडित परिवारलाई राहत

पुस १७, इनरुवा । सुनसरीको लौकही क्षेत्रमा भएको गोलीकाण्डका विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय छलफलबाट सहमति जुटेको छ। सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कडा कारबाही गरिने भएको छ।

छलफलमा मृतक विजय साहकी श्रीमती र छोरालाई रोजगारी उपलब्ध गराइने, काजकिरिया तथा क्षतिपूर्ति बापत आवश्यक सहयोग प्रदान गरिने सहमति भएको छ। साथै, घटनास्थलमा खटिएको सशस्त्र प्रहरी बलको टोली फिर्ता गराई नयाँ टोली पठाइने सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआईजीले जानकारी दिएका छन्।

सर्वपक्षीय सहमति पश्चात् प्रशासनसँगको वार्तामा सहभागी मृतक पक्षका आफन्त तथा स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    ग्यास संकट समाधान गर्न सरकार सक्रिय, आपूर्ति बढाउने निर्णय

    Read more

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more