रास्वपाको समानुपातिक बन्दसूची सच्याउने

पुस १६, काठमाडौ । —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूची सम्बन्धमा प्राप्त प्रतिक्रिया र सुझावलाई ध्यानमा राख्दै सूची सच्याउने प्रक्रिया अघि बढाउने जनाएको छ।
पार्टी सचिवालयद्वारा जारी सूचनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुझाइएको समानुपातिक बन्दसूचीबारे विभिन्न सरोकारवालाबाट प्रतिक्रिया आएको उल्लेख गरिएको छ। समय अभावका कारण अन्तिम समयमा गरिएको राजनीतिक संवाद र सहमतिका कारण सूची तयार पार्ने क्रममा केही कमीकमजोरी देखिएको स्वीकार गर्दै त्यसलाई सच्याउन आयोगले दिएको समयको उपयोग गरिने जनाइएको छ।
सूचनाअनुसार बन्दसूचीमा देखिएका त्रुटि सच्याउन निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीले आवश्यक सुधार गरी पुनः पेस गर्नेछ। त्यसका लागि बन्दसूची सम्बन्धमा कुनै सुझाव वा सच्याउनुपर्ने विषय भए पुस २७ गते बिहान १० बजेसम्म लिखित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ।
रास्वपाले समानुपातिक सूचीलाई संविधानको मर्म र समावेशी सिद्धान्तअनुसार परिमार्जन गर्न इच्छुक रहेको स्पष्ट गर्दै पार्टीभित्र तथा बाहिरबाट आएका सुझावलाई गम्भीरतापूर्वक लिइने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more

    देवानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको मृत्युपछि पीडित परिवार आक्रोशित, शव नबुझ्ने घोषणा

    Read more