घुस प्रकरणमा पूर्व मन्त्री राजकुमार गुप्ता थुनामा, विशेष अदालतको आदेश

पुस १६, काठमाडौ ।—विशेष अदालतले नेकपा एमालेका तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिएको छ। पोखराको लिचीबारी जग्गासम्बन्धी अदालतको फैसला कार्यान्वयन प्रक्रियामा घुस लेनदेन भएको भनिएको अडियो सार्वजनिक भएपछि उनलाई बयानपश्चात् थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिइएको हो।
सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालतमा उपस्थित गराइएका गुप्तालाई आदेशपछि डिल्लीबजार कारागार चलान गरिएको छ।
अदालतका अनुसार पोखराको लिचीबारी जग्गा प्रकरणमा अदालतको फैसला कार्यान्वयनका क्रममा घुस मागिएको र लेनदेनसम्बन्धी अडियो प्रमाण सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही आधारमा गुप्तामाथि मुद्दा दर्ता भई थुनछेक बहस गरिएको हो।
राजकुमार गुप्ता तत्कालीन केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सरकारमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा थिए

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more