राप्रपा र राप्रपा नेपालबीच एकता

१६ पुस, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ ।

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

  • सम्बन्धित समाचारहरु

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more

    देवानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको मृत्युपछि पीडित परिवार आक्रोशित, शव नबुझ्ने घोषणा

    Read more